ग्लोबल आइएमई लघुवित्तको मुनाफा ४ करोड ७८ लाख

ग्लोबल आइएमई लघुवित्तको मुनाफा ४ करोड ७८ लाख


काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/ ८० दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीको नाफा २६.५७ प्रतिशतले घटेर ४ करोड ७८ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६७ करोड ५१ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानीमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख ९२ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २५ करोड ९१ लाख ७० हजार रुपैयाँ रहेको थियो ।