काठमाडौं– बुधबार पनि नेपाल राष्ट्र बैंक थप ३० अर्ब रुपैयाँ खिच्ने भएके छ । बजारमा अधिक तरलता थुप्रिँदै गएकाले बैंकिङ प्रणालीबाट राट्र बैंक थप ३० अर्ब खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।
निक्षेप संकलन उपकरणको माघ २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यसमा आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया