काठमाडौं – प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा मुलुकको आर्थिक वृद्धिमा असर पुग्ने बताएका हुन्। ‘ऋण लिएर उत्पादनशिल खर्च गर्न नसक्दा उत्पादन तथा…