काठमाडौं– एनआईसी एशिया बैंकले गत जेठ १३ गतेबाट लिलामीमा राखेको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
यस शेयर खरिदका लागि इच्छुक जोकोहीले आवेदन दिन पाउने बैंकले उल्लेख गरेको छ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ तोकिएको छ भने खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्ने उल्लेख छ । बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० को गुणानमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने पनि बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया