काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बोनस शेयरबापत लाग्ने कर तिर्न संस्थाको शेयरधनीलाई आग्रह गरेको छ । आज एक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०७७/७८ को बोनस शेयरका लागि करबापतको रकम जम्मा गर्न शेयरधनीहरूलाई आग्रह गरेको हो ।
करबापतको रकम जम्मा गरेपछि मात्रै बोनस शेयर हितग्राही खातामा जम्मा गरिने संस्थाले बताएको छ । २०७८ पुस १९ गते सम्पन्न संस्थाको चौथो वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि १७ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।
प्रतिक्रिया