काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको स्थिति कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारको निम्ति संस्थागत क्षमता अभिवृद्धि…