काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल ४५ हजार रुपैयाँ जरिवाना गरेको छ। विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई १५ हजार रुपैयाँ, पाककला प्रालिलाई १० हजार रुपैयाँ र इन्द्रेणी फुड वल्र्ड एण्ड व्याङ्केटलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ ९घं बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसारबमोजिम कारबाही गरेको हो। यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ।
विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो।



About Us
प्रतिक्रिया