केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भएको गभर्नर अधिकारीको पाँच वर्षे कार्यकाल

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल साता समाप्त हुँदैछ। यसै अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले कोभिड महामारी, रुस–युक्रेन युद्ध तथा आपूर्ति सङ्कटका कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार गरी देशको आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताए । गभर्नर अधिकारीले आफ्नो कार्यकालमा…