सीईओको कार्यसम्पादन मै चुक्छन् बैंक, अडिटमा चलखेलदेखि ऋण लगानीपछि गर्दैनन् वास्ता

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको कार्यसम्पादनमा बैंक चुकेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागले ‘बैंक सुपरिवेक्षण रिपोर्ट, २०२३/२४’ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै केही बैंकहरूले सीईओको कार्यसम्पादन मूल्याङ्कन सम्झौताअनुसार नगरेको उल्लेख गरेको हो । ‘सञ्चालक समितिले गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाको समिक्षा गरिएको…