काठमाडौं - अर्थ समितिले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि योग्यतासम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण संशोधन गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत गभर्नर बन्न योग्य हुने व्यवस्था गर्ने निर्णय गरेको हो। समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकअन्तर्गत गभर्नरको योग्यतासम्बन्धी व्यवस्थामा संशोधन गर्दै अर्थशास्त्र, मौद्रिक, बैंकिङ्ग, वित्तीय, तथ्याङ्क,…