काठमाडौं – वित्तीय बजारको सामान्य सिद्धान्त भन्छ, जुन कम्पनीले निरन्तर नाफा कमाउँछ र आफ्ना शेयरधनीलाई राम्रो प्रतिफल वा लाभांश दिन्छ, त्यसैको शेयर मूल्य बजारमा उच्च हुनुपर्छ। तर, नेपालको शेयर बजार (नेप्से) मा यो सर्वमान्य नियम प्रायः विपरीत देखिन्छ। वर्षौँसम्म लगानीकर्तालाई रित्तो हात बनाउने, वित्तीय विवरण घाटामा देखाउने र व्यावसायिक विस्तार गर्न नसकेका कम्पनीको शेयर किन्न…