काठमाडौं – आज साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४३.८९ अंकले घटेर बजार २५ सय १३ दशमलव ४२ को बिन्दुमा झरेको छ। त्यससँगै ३ अर्ब ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ९३ लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ।
आज ३४७ कम्पनी कारोबारमा आउँदा २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै सर्वाेत्तम पेन्ट्सको १५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी उपकार लघुवित्तको लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता १३.१६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, घोराही सिमेन्टको ७.५७ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा मैंलुङ हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीको लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, रसुवागढि हाइड्रोपावरका लगानीकर्ताले ११.७६ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया