बैंकिङ्ग समाचार, काठमाडौं । बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर सार्वजनिक गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर ओभर द काउन्टर (ओटिसी) बजारमा नियामक निकायका प्रमुखले खरिद गरेको विषयमा अर्थमन्त्रालयले गरिरहेको छानबिन छिटो टुंगाउन र कारबाही प्रकृया अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको संघीय संसद अर्थसमितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना…