काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार निजी क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाटमा अबदेखि आर्थिक अपराधमा नथुन्ने आश्वासन दिएका थिए। आर्थिक अपराधमा नथुन्ने, बरु कसुर बमोजिम जरिवाना लगाउने उनको भनाइ थियो। तर, सोही दिन केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले एक बीमा कम्पनीका उच्च पदाधिकारीलाई पक्राउ गरेको छ। सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत…