सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन ई-विलिङ्ग प्रणाली लागू गर्दै बीमा प्राधिकरण


काठमाडौं – नेपाल बीमा प्राधिकरणले ई-विलिङ्ग प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले एक सर्कुलर नै जारी गर्दै सम्पूर्ण बीमकहरुलाई ई–विलिङ्ग प्रणाली लागू गर्न भनेको हो ।

प्राधिकरणले बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले यस प्रणाली लागू गर्न लागेको हो ।

प्राधिकरणद्वारा जारी सर्कुलरमा भनिएको छ, ‘सबै प्रकारका बीमाशुल्क, शुल्क तथा अन्य भुक्तानीका लागि अनिवार्य ई-बिलरइनभ्वाइस जारी गर्ने व्यवस्था गर्नु हुन निर्णयानुसार लेखिएको छ ।’