नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा प्याकुरेल नियुक्त


काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्य पदमा राजु प्रसाद प्याकुरेल नियुक्त भएका छन्। प्याकुरेललाई नेपाल सरकारको अर्थमन्त्रीस्तरको वैशाख १४ गतेको निर्णयले कम्पनीको सञ्चालक सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको थियो।

कम्पनीको वैशाख १५ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उनले पदवाहाली गरेका छन्।