रेमिट्यान्सलाई कोरोनाले रोकेनः विदेश जाने बढे, साउनमा मात्रै ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रियो

बैकिङ्ग समाचार ।   विश्वव्यापी कोरोना कहरको बाबजुत पनि नेपाल भित्रने रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा रेमिट्यान्स आप्रवाहमा २३ प्रतिशतको सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान वित्तीय अवस्था सार्वजनिक गर्दै विप्रेषणमा २३ प्रतिशतको सुधार आएको जनाएको…