सनराइजमा डिजिटल टेलर सेवा सुरु, क्यूआर कोड स्क्यान गरी १ दिनमा १ लाख झिक्न मिल्ने

सनराइजमा डिजिटल टेलर सेवा सुरु, क्यूआर कोड स्क्यान गरी १ दिनमा १ लाख झिक्न मिल्ने


बैकिङ्ग समाचार । 

सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । 

यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । 

यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् । पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ ।