सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याज रकममा १२ % छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याज रकममा १२ % छुट


बैकिङ्ग समाचार ।
सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड १९ ले ग्राहकहरुलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणीका लागि बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२% छुट योजना ल्याएको छ ।

बैंकका ऋणीहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसरी ग्राहकलाई व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्त सम्मको आधार दर भन्दा कम नहुने गरी छुट दिईने पनि बैंकले जानकारी दिएको छ ।

उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने बैंकको भनाई छ ।

ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा बैंक विश्वस्त छ ।