एभरेष्ट बैंकका ग्राहकहरूलाई होटल एलफ्टमा १५% छुट 

एभरेष्ट बैंकका ग्राहकहरूलाई होटल एलफ्टमा १५% छुट 


बैकिङ्ग समाचार ।  
एभरेष्ट बैंकले होटल एलफ्टमा ठमेल सँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ ।

यस सहकार्य अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले फुड, वेवरेज, र बेकरी शपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५ प्रतिशत छुट पाउनेछन् । हालको महामारीको स्थितिका कारण यो अफर टेक-अवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ ।

होटल एलफ्टमा ठमेल , काठमाडौं, एक पाँच तारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाईनका साथै आफ्नो समृद्ध इतिहासको लागि प्रख्यात रहेको छ ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् । एभरेष्ट बैंकले सधैं 'सर्भिस स्वीथ स्माइल' को भावना बोकी आफ्नो ग्राहकहरुको फाइदा र सन्तुष्टिमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ ।

स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १२३ स्थानमा एटिएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।