नबिलको ग्रिन पिन सेवा शुभारम्भ: एटिएमको पिन बदल्न बैंक धाउनु नपर्ने

नबिलको ग्रिन पिन सेवा शुभारम्भ: एटिएमको पिन बदल्न बैंक धाउनु नपर्ने


बैकिङ्ग समाचार । 
नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । यस अनुसार बैंकले आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा  कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्ने भएको हो ।यस अनुसार नयाँ ग्राहकले पिन सेट गर्न र पूराना ग्राहक ले बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सक्ने बैंकले जनाएको छ।

यस मार्फत पिन सेट गर्न एटिएम कार्ड हालेपछि Generate OTP for PIN मा क्लिक गर्नु पर्ने र सिस्टमले मोबाइलमा कोड पठाएपछि Enter OTP to Change Your Pinमा क्लिक गरि कोड राखेर पिन सेट गर्न सकिने बैंकले जनाएको छ।

सेवा सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु नपर्ने र एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्ने बताएका छन् । उनले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको पनि बताए ।