काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि ५०० दरको बैंकनोट प्रचलनमा ल्याउने भएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि रुपैयाँ ५०० दरको बैंकनोट प्रचलनमा ल्याउने बताएको हो । राष्ट्र बैंकले रुपैयाँ ५०० दरको साविककै आकार तथा रङ्गमा, सङ्केत नं. झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मको नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको हो ।…