लाभांश लिन बाँकी रहेका शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश लिन आग्रह छ । बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गराउन भनेको हो ।

बैंकले नगद लाभांश रकम शेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएकोमा हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले तत्काल डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपी)मा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकिकरण गरेर विवरण अद्यावधिक गराउन भनेको छ ।

साथै, बैंक खाताको विवरण डिम्याट खातामा उपलब्ध गराउँदा त्रुटि हुन गएर नगद लाभांश प्राप्त नगरेका शेयरधनीहरुको विवरण बैंकको वेवसाइटमा राखेको छ । बैंकले ५ वर्षसम्म पनि कुनै लगानीकर्ताको दावी प्रस्तुत हुन नआएको लाभांश रकम कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषको सचिवालयमा उक्त लाभांश रकम दाखिला जम्मा गर्ने बताएको छ ।