काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका कर्मचारी माग गरेको छ। बैंकले चिफ रिस्क अफिसरका लागि १ जना, कम्प्लेन्स लेगल अफिसरका लागि केही र ब्रान्च म्यानेजर अपरेसन क्रेडिटका लागि कर्मचारी माग गरेको हो ।
बैंककाअनुसार चिफ रिस्क अफिसरका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण भई कम्तीमा पाँच वर्षको बैंकिङ्ग अनुभव संगालेको हुनुपर्नेछ। शाखा प्रबन्धक पदका लागि व्यवस्थापन विषयमा स्नातक वा सोभन्दा माथिको योग्यता तथा न्यूनतम तीन वर्षको अनुभव हुनुपर्ने जनाएको छ ।






About Us
प्रतिक्रिया