काठमाडौं – बैंकिङ्ग कसुर र चेक अनादर कसुरमा जरिवाना तोकिए पछि फरार भएका चार जनलाई प्रहरीले पक्राउ गरेको छ।
चेक अनादर कसुरमा फरार १ जना र बैंकिङ्ग कसुरमा फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालय समेतबाट खटिएका प्रहरीले कास्की जिल्लाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो।
कास्की जिल्ला अदालतबाट उनीमाथि २ वर्ष ६ महिना २ दिन कैद सजाय र १ करोड ३५ लाख ४४ हजार जरिवाना फैसला भएको थियो। उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया