गोरखा – गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बिमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए। ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमाको थालनी गरेको छ’,…