सूर्योदय वोमी लघुवित्तले बिक्रीमा ल्यायो सर्वसाधारणका लागि संस्थापक शेयर

सूर्योदय वोमी लघुवित्तले बिक्रीमा ल्यायो सर्वसाधारणका लागि संस्थापक शेयर


काठमाडौैं –सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ७५ हजार ३०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिदको लागि न्युनतम प्रति कित्ता मूल्य २४५ रुपैयाँ तोकिएको छ । उक्त सेयर विद्यमान संस्थापकहरूका साथै सर्वसाधरणहरूका लागि खुल्ला गरिएको हाे ।

लगानीकर्ताहरुले आजदेखि फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।