चालु आव मौद्रिक नीत : मुद्रास्फीतिलाई ५ प्रतिशत कायम गरिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रास्फितीलाई ५ प्रतिशतको हाराहारीमा कायम गर्ने जनाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रयमाससम्म मूल्यमा चाप परेको भएतापनि दोस्रो त्रयमासदेखि क्रमिक रुपमा सुधार हुँदै २०८१ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ ।…