काठमाडौं – भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटीएम) मेलामा नेपालले सहभागिता जनाएको छ । यसअघि नेपाल पर्यटन वोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले भाग लिएको हो । उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले…