काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले अब बैंक तथा वित्तीय संस्थाले जलविद्युत् क्षेत्रमा कम्तिमा पनि २० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था बजेटमार्फत हुनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित प्रि बजेट छलफल कार्यक्रममा कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताएका हुन् । उनले भने,…