काठमाडौं.– मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधन भएको छ। संस्थापक अध्यक्ष रेग्मीको २०८१ जेठ ०१ गते मंगलबार बिहान ५ बजे आफ्नै निवास, स्याङ्गजामा निधन भएको हो । उनी लामो समयदेखि बिरामी भई उपचाररत थिए ।
मुक्तिनाथ विकास बैंक लिमिटेडको संस्थापक अध्यक्ष रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा मंगलबार शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गरिएको थियो । साथै, उनले बैंक स्थापनाका लागि गरेका योगदानको चर्चा गरिएको थियो ।
प्रतिक्रिया