व्यवसायको लागत घटाउने गरि कर प्रणालीको सुधार गरिने सरकारको निर्णय

व्यवसायको लागत घटाउने गरि कर प्रणालीको सुधार गरिने सरकारको निर्णय


काठमाडाैं–राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यवसायको लागत घटाउने गरि कर प्रणालीको सुधार गर्ने बताएका छन्।

उनले राजश्वका थप क्षेत्र पहिचान गरिने र साथै, सबै आर्थिक क्रियाकलापलाई औपचारिक अर्थात् करको दायरामा ल्याउने पनि उनले बताए ।