नेपालको बदलिँदो जनसङ्ख्यात्मक संरचनासँग सम्बन्धित नीति निर्माणमा योगदान पुर्याउने उद्देश्यले मंसिर १२ देखि १५ (नोभेम्बर २७ देखि ३०) सम्म काठमाडौंमा छैटौं एसियाली जनसङ्ख्या सम्मेलन आयोजना हुँदैछ। आयोजकहरूले यस सम्मेलनबाट अन्य एसियाली मुलुकका अनुभवले नेपालको नीतिगत दिशालाई सहयोग पुर्याउने आशा राखेका छन्। त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) द्वारा आयोजित यस सम्मेलनको सफलताका लागि स्वास्थ्य…