काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक नोट छाप्न प्रिक्वालिफिकेसन अन्तर्गत ६ वटा विदेशी कम्पनीलाई छनौट गरेको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आज नेपाली नोटहरूको डिजाइन, मुद्रण, आपूर्ति तथा सम्बन्धित सेवाहरूका लागि योग्य ठहरिएका ६ कम्पनीहरूको नाम सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकको छनौटमा परेका कम्पनीहरूमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस रहेका छन् ।
बैंकले नेपाली नोटहरूको डिजाइन, मुद्रण, आपूर्ति तथा सम्बन्धित सेवाहरूको पूर्व-योग्यता छनोट अन्तर्गत इच्छुक कम्पनीहरूको आवेदन आह्वान गरेको थियो ।
२०८१ पुस २६ गते द राइजिङ नेपाल पत्रिकामा प्रकाशित पूर्व–योग्यता छनोट सूचना अनुसार प्राप्त आवेदनहरूमध्ये यी कम्पनीहरू छनोट भएका हुन् । राष्ट्र बैंकले छनाैटमा परेका कम्पनीमध्ये कुनै एउटा अथवा एकभन्दा कम्पनीलाई नेपाली नोट मुद्रणका लागि ठेक्का दिनेछ ।
प्रतिक्रिया