सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं – नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो । क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त क तथा राष्ट्रियस्तरका ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानी उपकरण हो…