कुमारी बैंकको नाफा ४ अर्ब नाघ्यो, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – कुमारी बैंकको नाफामा उछाल आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब १७ करोड ८० लाख नाफा कमाएको हो । जबकी बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म २८ करोड ५८ लाख खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्ष चैतसम्म बैंकले ७ अर्ब ८९ करोड ६५ लाख ब्याज आम्दानी गरेकोमा यस वर्ष चैतसम्म ९ अर्ब ३० करोड २२ लाख पुगेको छ । कुल सञ्चालन आम्दानी पनि १० अर्ब ४९ करोड ५९ लाख बढेर १२ अर्ब ८१ करोड ३० लाख पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको सञ्चालन मुनाफा पनि बढेर ६ अर्ब ५० करोड ४९ लाख पुगेको छ। चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मक छ। बैंकको प्रतिशेयर आम्दानी २१.२४ पुगेको छ । बैंकको खराब कर्जा सामान्य घटेर ६.९४ प्रतिशत कायम भएको छ।

हाल बैंकको चुक्तापँुजी २६ अर्ब २२ करोड ५८ लाख रहेको छ भने बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख सञ्चित रहेको छ।