काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले ४९ अर्ब भन्दा बढी नाफा आर्जन गरेका छन् । चालु वर्षको ९ महिनामा २० वटा वाणिज्य बैंकले ४९ अर्ब २१ करोड २० लाख बढी खुद नाफा आर्जन गरेका हुन् । जुन नाफा गत वर्षको तुलनामा बढी हो । गत वर्षको चैतसम्ममा बैंकहरुले ४१ अर्ब २५ करोड ९ लाख खुद नाफा आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ वटा बैंकको नाफा बढ्दा ७ वटा बैंकको नाफामा गिरावट आएको छ । ९ महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब ७६ करोड ४६ लाख नाफा आर्जन गरेको हो । यसैगरी, बढी नाफा कमाउनेहरुको सूचीको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ४ अर्ब ४० करोड ११ लाख नाफा आर्जन गरेको छ। तेस्रोमा कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख नाफा आर्जन गरेको छ।
त्यस्तै, चैत मसान्तसम्ममा एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड ९३ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब १४ करोड ६७ लाख नाफा आर्जन गरेका छन्। चैतसम्ममा प्राइम कमर्सियल बैंकले नाफा ३ अर्ब ८ करोड, नेपाल बैंकले २ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड, एनएमबि बैंकले २ अर्ब ६८ करोड, सानिमा बैंकले २ अर्ब ३५ करोड नाफा कमाएका छन् । यसैगरी, स्टान्र्डड चार्टड बैंकले २ अर्ब ८ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३ करोड, सिद्धार्थ बैंकले २ अर्ब १ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड र नेपाल एसबीआई बैंककले १ अर्ब ४६ करोड नाफा कमाएका हुन् ।
त्यस्तै, कृषि विकास बैंकले १ अर्ब ३९ करोड, सटिजन्स बैंकले १ अर्ब ३० करोड, प्रभु बैंकले ८५ करोड हिमालयन बैंकले ७६ करोड २५ लाख र एनआईसी एशिया बैंकले १४ करोड नाफा कमाएको छ ।



About Us
प्रतिक्रिया