राजनीतिक नेतृत्वको पर्खाइमा कर्मचारी प्रशासन: मुख्यसचिवले सचिवहरूसँग गरे भर्चुअल संवाद

काठमाडौं- जेन-जीको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राजनीतिक नेतृत्वमा देखिएको अन्योलताले कर्मचारी प्रशासन पनि अस्तव्यस्त बनेको छ । बुधबार मुख्यसचिव एकनारायण अर्यालले सचिवहरूसँग भर्चुअल संवाद गरेका थिए । तर, देशमा राजनीतिक अन्योलता भइरहँदा ठोस निर्णयमा नपुगेको एक सचिवले जानकारी दिए । ती सचिवले भने, 'सिंहदरबारमा आगजनी भएपछि कार्यालयमा कोहीँ पनि गएका छैनन् । यद्यपि…