काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशन गर्न सहजीकरण गरिदिएको छ । केन्द्रीय बैंकले त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्थालाई हेरफेर गरेर कात्तिक २१ गतेसम्म समयावधि थप गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु तथा पुर्वाधार विकास बैंकलाई आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसार नियमनकारी कोषमा जम्मा गर्नुपर्ने बताएको छ ।
केन्द्रीय बैंकले आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने बताएको हो ।





About Us
प्रतिक्रिया