वैदेशिक रोजगारीमा बेरिएको आत्महत्याको जालोः दम्पतीबीच अविश्वास बढ्दा समस्या नै समस्या 

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौं 
श्रम मन्त्रालयले निकालेको पछिल्लो तंथ्याक अनुसार वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७८/०७९ मा १४७९ जनाले ज्यान गुमाएका छन् । मृत्यू भएका मध्ये ४६ महिला र १४३३ पुरुष रहेको तंथ्याकले देखाएको छ ।  वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ श्रम स्वीकृति लिएर करिब ६३ लाख ३० हजार ९० युवायुवती वैदेशिक रोजगारीमा गएकामध्ये महिलाको संख्या ४९ हजार १ सय २८ रहेको र पुरुषको संख्या ५ लाख ८० हजार ९ सय ६२ रहेको छ । तर विगत केही समयदेखि कोरिया, मलेसिया, दुवई, कतार लगायतका खाडी देशमा कामको खोजीमा गएका युवाहरुको आत्महत्याका दुखद समाचार महिनैपिच्छे नेपाली सञ्चार माध्यममा आइरहेका छन । 

श्रम मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल लेबर माइग्रेशन रिपोर्ट सन् २०२२’ प्रतिवेदन हेर्दा खाडी देश तथा मलेशियामा श्रमिकहरूको मृत्यु हुनुको एउटा प्रमुख कारण आत्महत्यालाई मानेको छ। उक्त प्रतिवेदनका अनुसार १४ वर्षको अवधिमा १,१८७ नेपाली श्रमिकहरूको मृत्युको कारण आत्महत्या रहेको छ । 

विदेशमा आत्महत्या गर्नेको संख्या हेर्दा महिलाको तुलनामा पुरुषको संख्या ज्यादा देखिन्छ तर पुरुषको तुलनामा निकै कम संख्याका महिला वैदेशिक रोजगारीमा जाने भएकाले पुरुषको संख्या ज्यादा देखिएको आंकलन गर्न सकिन्छ । 

बैदेशिक रोजगारीलाई तथ्याङकमा हेर्दा 

आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३५ लाख ४ हजार ८ सय बढी ,पुनः श्रम स्वीकृति लिनेकोे संख्या २८लाख १ हजार २ सय बढीे र वैदेशिक रोजगारमा जानेहरूको संख्या ६ लाख ३६ हजार बढी पुगेको श्रम मन्त्रालयलको तंथ्याकमा देखिन्छ  ।  श्रम मन्त्रालयले निकालेको उक्त प्रतिवेदनले खाडी देश तथा मलेशियामा श्रमिकहरूको मृत्यु हुनुको एउटा प्रमुख कारण आत्महत्यालाई मानेको छ । उक्त प्रतिवेदनका अनुसार १४ वर्षको अवधिमा १,१८७ नेपाली श्रमिकहरूको मृत्युको कारण आत्महत्या रहेको छ ।

तथ्याङ्कले नेपाली श्रमिकहरूको आत्महत्याको आँकडा पनि प्रस्तुत गरेको छ जसमा पछील्ला तीन वर्षको अवधिमा सबैभन्दा धेरै ८० जना श्रमिकले मलेशियामा आत्महत्या गरेको पाइएको थियो । त्यसपछि साउदी अरेबियामा ७८, कतारमा ५० र यूएईमा ५८ नेपाली कामदारले आत्महत्या गरेको उल्लेख छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले श्रमिकको संख्या बढेसँगै मृत्युदर बढ्नु स्वाभाविक रहेको र अपेक्षा अनुसारको माहोल नहुने हुँदा आत्महत्याको केशहरु बढीरहेको बताएका छन् ।
उनले भने ‘वैदेशिक रोजगारीमा जानेहरुले अपेक्षा गरेकोभन्दा निक्कै सङ्घर्ष गर्नुपर्ने अवस्था खेप्दा डिप्रेशनमा गएको पाइन्छ ,परिवारको मायाले पनि पिरोल्छ ,अपेक्षा गरेअनुसारको आम्दानी हुदैन यी यस्ता विविध कसराहरुले आत्महत्या बढेको हो ।’

आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई रु.१० खर्ब बढि करोड पुगेको पछील्लो तंथ्याकले देखाएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो ।  

दम्पतीबीच अविश्वास बढ्दा समस्या 

वैदेशिक रोजगारका कारण परिवारमा आएको विचलन र मदिराको अधिक प्रयोगका कारण आत्महत्या सम्मको अवस्थामा पुग्ने गरेको प्रहरी अनुसन्धानको दाबी छ । 

वैदेशिक रोजगारीका क्रममा सृजना हुने बेमेलले सम्बन्धविच्छेद, अपहेलना लगायतका घटना बढ्दै गइरहेका छन् । यो सँगै वैदेशिक रोजगारीमा गएका पडितले बेवास्ता गरेको, परस्त्रीसँग सम्बन्ध राखेको, परिवारले अपहेलना गरेका उजुरीहरु पनि बढ्दै गइरहेको प्रहरीकै तथ्याङकमा भेटिन्छ । यस्तै आरोप लगाएर उजुरी दिनेमा पुरुषहरूको संख्या पनि त्यत्तिकै बढेको देखिन्छ ।  सामान्यतया विदेशिएपछि दम्पतीबीचको सम्बन्धमा अविश्वासको माहोल सृजना हुने गरेको पाइन्छ । अपरिपक्व उमेरमै विवाह हुने र श्रीमान विदेशिएपछि दम्पतीबीच बढेको अविश्वासले एकअर्काको चरित्र माथि शंका गर्ने प्रवृत्ति र त्यसले उत्पन्न गर्ने द्वन्द्वले छोराछोरी बिचल्लीमा परेका घटना पनि बढेर गएका छन् । 
\"\"
त्यस्तै, कतिपय अवस्थामा वैदेशिक रोजगारीमा रहेका श्रमिकसँगै उनीहरूका परिवारजन पनि मनोसाजिक समस्या झेल्दै आएको देखिन्छ । अभिभावक गुमाएका बालकालिकामा प्रत्यक्ष असर परिरहेको छ ।  वैदेशिक रोजगारीका क्रममा श्रमिकले ज्यान गुमाएपछि बिचल्लीमा परेका बालबालिकाको मनोसामाजिक समस्यालाई सम्बोधन गर्न सरकारले ध्यान दिन सकेको छैन ।

वैदेशिक रोजगारीले नागरिकको आर्थिक हैसियत उकास्न सहयोग गरे पनि गम्भीर पारिवारिक र सांस्कृतिक विचलन पनि ल्याएको छ । तर विगत केही समयदेखि कोरिया, मलेसिया, दुवई, कतार लगायतका खाडी देशमा कामको खोजीमा गएका युवाहरुको आत्महत्याका दुखद समाचार महिनैपिच्छे नेपाली सञ्चार माध्यममा आइरहेका छन । श्रम मन्त्रालयले निकालेको ‘नेपाल लेबर माइग्रेशन रिपोर्ट सन् २०२२’ प्रतिवेदन हेर्दा खाडी देश तथा मलेशियामा श्रमिकहरूको मृत्यु हुनुको एउटा प्रमुख कारण आत्महत्यालाई मानेको छ। उक्त प्रतिवेदनका अनुसार १४ वर्षको अवधिमा १,१८७ नेपाली श्रमिकहरूको मृत्युको कारण आत्महत्या रहेको छ।

यसरी बढ्दैछ कामदारमा डिप्रेशन  

घर परिवारको बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, बिदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पूरा नहुँदा र नेपाल फर्केर गरीखाने उपयुक्त आधार पनि नदेख्दा धेरैजसो युवाहरुले आत्महत्याको  बाटो रोजेको देखिन्छ । कति बैदेशिक कामदारहरु मानसिक लगायतका स्वास्थ्य समस्याका कारण बीचैमा स्वदेश फर्की सिधै बिमानस्थलबाट मानसिक अस्पतालमा जान बाध्य छन् । कति असन्तुलित मानसिकताका कारण हिंसात्मक ब्यवाहार देखाउने गरेका छन् ।  धेरैजसो मानसिक समस्या १५ देखि ५९ बर्ष सम्मका मानिसमा  देखिने र प्रमुखरुपमा निरासा तथा मनोखिन्नताले ओगटेको पाइन्छ ।

विश्वमा डिप्रेशन एबं निरासामा बाँचेका करिव ५० प्रतिशतले मात्रैै उपचार गर्ने गरेको तथ्याङ्क बिश्व मानसिक स्वास्थ्य सर्भेक्षणले देखाएको छ । यस्तो अवस्थामा नेपालमा कति प्रतिशतले डिप्रेशनको उपचार गर्दाहुन् आफै अनुमान लगाउन सकिन्छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले २०७५ मा प्रकाशित गरेको स्मारिका अनुसार वैदेशिक रोजागरीमा गएका श्रमिकमा आत्महत्याको समस्या बढ्दै गइरहेको छ । यससँगै डिप्रेसनको समस्या पनि बढ्दै गएको देखिएको छ ।

नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ ले नेपाली आप्रवासी श्रमिकमा बढ्दो आत्महत्याको कारण खोजी गर्न आवश्यक भएको औल्याएको छ। यससँगै आत्महत्यामा आर्थिक तथा मानसिक तनावको भूमिका रहेको जनाइएको छ। 

‘रोजगार कोटा आफ्नो पक्षमा पार्नका लागि अधिकांश इजाजतप्राप्त संस्थाबीच हुने गरेको अस्वस्थ प्रतिस्पर्धाले श्रमिकको छनोट शुल्क र पारिश्रमिकमा असर परेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्ता अस्वस्थ प्रतिस्पर्धाले वैदेशिक रोजगारमा जाने श्रमिकको छनोट शुल्क र पारिश्रमिकमा अप्रत्यक्ष रुपमा आर्थिक तथा मानसिक तनाव पर्न गएको देखिन्छ।’ 

कसरी सुल्झाउन सकिन्छ समस्या ? 

वैदेशिक रोजगारी क्रममा धेरै श्रमिकले आत्महत्या गर्नुलाई विज्ञहरूले विदेशमा हुने शोषण र नेपालबाट सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई कारणका रूपमा लिने गरेका छन् ।  मनोविद् गोपाल ढकालले भने आत्महत्या गर्नुको प्रमुख कारण मानसिक समस्या नै रहेको बताएका छन् । उनले भने ‘आत्महत्या गर्नु नै मानसिक समस्या हो । अझ वैदेशिक रोजगारीमा गइसकेपछी मानसिक समस्यामा बढ्ने गरेको पाइन्छ ।’

अपेक्षा अनुसारको काम, आम्दानी नहुनु फरक जीवनशैली ,परीवारको माया जस्ता कुराहरुले पनि यस्तो मानसिक समस्या बढ्ने गरेको ढकालले बताए । ‘यताबाट जे सोचेर गएका हुन्छन् कतिपय अवस्थामा त्यस्तो भइदिदैन, सोचेजस्तो काम हँुदैन्, आम्दानी हुँदैन्, परीवारबाट टाढा बस्न उताकै जीवनशैलीमा घुलमिल हुन नसकेर अझ थप आत्महत्या गरेको पाइन्छ ।’

त्यस्तै , वैदेशिक रोजगारीमा गएका महिलाहरु शोषणमा पर्ने गरेको आत्महत्या गर्ने गरेको उनले बताएका छन् ।  ‘वैदेशिक रोजगारीमा महिलाहरुलाई अझ समस्या हुन्छ , काम सोचेजस्तो हुदैन ,परीवारबाट टाढा हुनुपरेको हुन्छ त्यसमा थप शोषण खेप्नुपर्दा मानशिक तनावमा हसने र आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ ।’ त्यस्तै पछिल्लो समय भएको अध्ययनले वैदेशिक रोजगारीमा गएका अधिकांश महिलालाई मानशिक समस्या देखाएको र यसमा महिलामाथी हुने शोषण नै प्रमुख कारण रहेको पनि मनोविद् ढकालले बताए । 

\"\"