कृषि विकास बैंकको सिइओको रेसमा गुरुङ र सुवेदी, प्रताप सुवेदीलाई नै बैंकको सिईओको रुपमा देख्न चाहन्छन कर्मचारी  

कृषि विकास बैंकको सिइओको रेसमा गुरुङ र सुवेदी, प्रताप सुवेदीलाई नै बैंकको सिईओको रुपमा देख्न चाहन्छन कर्मचारी  

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

यतीबेला कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रिक्त पदको लागि उम्मेदवारहरुको छनोट प्रक्रिया अन्तिममा पुगेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि छनोट समितिले ५ जनाको नाम सिफारिस गरेको छ । सीईओ बन्न आवेदन दिएका २२ मध्ये ५ जनाको नाम छनोट समितिले सर्टलिस्ट गरेको हो । छनौटमा परेका पाँच प्रतिस्पर्धीमध्ये सिभिल बैंकका पूर्व सिईओ गोबिन्द गुरुङ, बैंककै निमित्त सीईओ प्रताप सुवेदी, बैंकमै दोश्रो बरियताको जिम्मेवारी सम्हालिरहेका यज्ञ प्रकाश न्यौपाने, राष्ट्रिय सहकारी बैंकका सिईओ बद्री गुरागाई र नेपाल एसबीआई बैंकका एजिएम बिष्णु देव यादव रहेका छन् ।

अब यीनै पाँच जनाबाट कृषि बिकास बैंकले नयाँ सिईओ पाउनेछ । संचालक सुमन दाहाल नेतृत्वको छनौट समितिले २२ आवेदकबाट टप ५ जनाको नाम छनौट गरेको हो ।

अन्तर्वार्ताबाट ३ जनाको नाम सिईओका लागि सिफारिस हुनेछन् । संचालक समितिले उक्त ३ जनाबाट एक जनालाई सीईओ नियुक्त गर्नेछ । उनीहरूलाई फागुन ६ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ । त्यसो त सिइओ बन्नको लागि ५ जना मध्यबाट पहिलो नम्बरमा रहेका गोबिन्द गुरुङ र दोस्रो नम्बरमा रहेका प्रताप सुबेदीको रोमाञ्चक प्रतिशपर्धा देखिने पक्का छ । 

प्रताप सुवेदी 

कृषि विकास बैंककै उप–महाप्रबन्धक पदमा रहेका प्रताप सुवेदी ५ लिस्ट मध्यका उपयुक्त उम्मेदवार मानिन्छन । बैंकको सुरुवाती पदबाट काम गर्दै माथिल्लो पदमा पुगेका उनीसँग कृषि विकास बैंककै कामकार्यमा घुलमिलित भएको अनुभव छ । अझ उनी त्यहाँका कर्मचारीहरुसँग नजिक छन । यस्तोमा उनलाई प्रमुख कार्यकारी पद प्राप्त गर्नको लागि काफि छ । प्रमुख कर्जा अधिकृतबाट सुवेदीलाई उप–महाप्रबन्धक हुँदै अहिले कृषि विकास बैंककै दोस्रो बरियतामा छन ।  सुवेदी विगत २२ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । साँढे तीन बर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा पनि बसेर अनुभव बटुलेका उनले बैंकभित्रका आन्तरिक काम कारवाहीलाई राम्रोसँग बुझेका छन ।
\"\"
यसले पनि उनलाई प्रमुख कार्यकारी पदको जिम्मेवारी सम्हाल्न सक्षम सावित गर्दछ । कृषि विकास बैंकमा प्रबेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए । यसले पनि उनलाई अनुभवी बैंकरको रुपमा हेर्न सकिन्छ । यद्यपी बैंककै तलदेखि माथिसम्मका कर्मचारीहरुले प्रताप सुवेदी नै बैंकको सिइओ भइदिए हुन्थ्यो भन्ने चाहन्छन । 

गविन्द गुरुङ  

यस्तै कृषि विकास बैंकको सिइओको रेसमा सिभिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङ एक भ्रेटान बैंकर हुन ।  विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बैंकमा काम गरिसकेका उनीसँग बैंक तथा वित्तिय संस्थाहरुको बारेमा राम्रो दखल छ । विगतमा सिभिल बैंकमा पनि ४ वर्षे कार्यकाल सकिन ३ महिना बाँकी रहँदै उनले पदबाट राजीनामा दिइ म्यानमारको म्यानमार सिटिजन्स बैंकको सिइओ भएर गएका थिए । सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका गुरुङ सन् २०१७ को मे महिनामा निमित्त सीइओ भएका थिए ।
\"\"

र, त्यसको केही महिनापछि उनलाई सञ्चालक समितिले सीइओमा नियुक्ति गरेको थियो । २५ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोबल र मेगा बैंकमा काम गरेको अनुभव छ । गुरुङ संवभत विदेशी बैंकको पहिलो नेपाली सीइओ पनि हुन । गुरुङले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । लमजुङमा जन्मिएका गुरुङ गीत संगीत क्षेत्रमा पनि सक्रिय छन् ।