सानिमा बैंकको ठगी धन्दा, प्रिमियम बढाउँदै ग्राहकसँग चर्को ब्याज असुल्दै 

52.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, बारा । 
बारा जिल्लाको गंजभवानीपुर वडा नं ४ का विकास कुमार जयसवालले सानिमा बैंकको कलैया शाखा, बाराबाट ०७८ कात्तिकमा करिव ६ महिना लगाएर ५० लाख रुपैँया कर्जा लिए । कर्जा लिएपछि उनले श्री जय बिकाश नाम गरेको आयल स्टोर्स सुरु गरे । डेढ कठ्ठा जग्गा  धितोमा राखी बैंकबाट ऋण लिएका उनी आजकल बैंकको दिनहुँ आउने फोनले तनावमा छन । आधार दर (बेस रेट) ७.५४ प्रतिशत र प्रीमियम २ प्रतिशतका दरले  वार्षिक ९.५४ प्रतिशतको ब्याज तिर्ने सम्झौतामा कर्जा लिएका उनी अहिले बेकारमा कर्जा लिएको भन्दै पछुताईरहेका छन ।

त्यसपछि उनी सानिमा बैंक कलैया शाखाका ब्रान्च म्यानेजर श्रवण कुमार गुप्ताकहाँ पुगे र प्रश्न गरे, ‘मलाई किन यती धेरै ब्याज बढाएर लिन खोज्दै हुनुहुन्छ ? म यो कागजमा हस्ताक्षर गर्दिन भन्दा भन्दै बैंकले हस्ताक्षर गराएको हो । यसमा म सहमत छैन ।’

विकासले केही समयपछि प्रत्येक क्वाटरमा ब्याज बढाउँदै लिँदै र तिर्दै आएका थिए । प्रत्येक क्वाटरमा बेस रेट बढ्दै गर्दा ब्याजदर बैंकको प्रिमियम दर २/३  प्रतिशत पनि भुक्तानी गर्दै आएका थिए । बैंकको क्वाटरमा बेसरेट हेरफेर हुँदा ब्याजदर घटवड हुनु स्वभाविक नै हो । तर बैंकले लिने उनको कर्जाको प्रिमियम दर यती बढ्यो कि उनले ९.४५ प्रतिशत ब्याजदरमा लिएको कर्जाको ब्याजदर अहिले १७ प्रतिशत पुग्यो । कर्जाको अवधी बढ्दै जाँदा ०७९ पुसमा सोही कर्जा बैंकले पुनारावलोकन गर्यो । त्यसबेला अघिल्लो वर्षकै भन्दा ३ प्रतिशत प्रिमियम थपेर प्रिमियम दर नै ५ प्रतिशत परेको देख्दा उनी तिन छक परे । त्यसपछि विकासलाई सानिमा बैंकबाट पटक–पटक फोन मात्रै आएन दिनहुँ धम्की पनि आयो। आफ्नै बैंकको धम्कीलाई  उद्ध्रित गर्दै उनले भने, ‘तिम्रो कर्जाको ब्याजदर यती नै तय भएको हो । यती नै कर्जा भुक्तान गरेनौँ भने तिम्रो धितो लिलाम हुनेछ । पैसा फिर्ता गर्ने भए पाँच दिनको समय छ ।’ तर विकास भने अलमलमा परे । उनलाई के गर्ने र कसो गर्ने भयो ।
\"\"
उनीसँग न पाँच दिनमा ५० लाख नै जम्मा गर्ने न क्षमता थियो न बैंकले जोडेको चर्को ब्याजदरको ब्याज भुक्तान गर्ने रकम नै । उनी साँचिकै अफ्ठ्यारोमा थिए । त्यसपछि उनी सानिमा बैंक कलैया शाखाका ब्रान्च म्यानेजर श्रवण कुमार गुप्ताकहाँ पुगे र प्रश्न गरे, ‘मलाई किन यती धेरै ब्याज बढाएर लिन खोज्दै हुनुहुन्छ ? म यो कागजमा हस्ताक्षर गर्दिन भन्दा भन्दै बैंकले हस्ताक्षर गराएको हो । यसमा म सहमत छैन ।’ त्यसो भन्दा बैंक शखा प्रबन्धक श्रवणले बैंकको नियम नै यस्तो हुने बताउँदै त्यसमा आफुले केही पनि गर्न नसक्ने जवाफ दिए । विकासलाई सानिमा बैंकका म्यानेजरले दिएको जवाफ चित्तै बुझेन । उनको बैंकसँग एउटै मात्र माग थियो बढाइएको प्रिमियम दर पुरानै २ प्रतिशत गर्ने । तर बैंक मान्दै मानेन । बैंकको बढेको १०/११ प्रतिशतको बेसरेटमा त उनी सहमत नै थिए । तर बैंकले २ प्रतिशतबाट ५ प्रतिशत पुर्याएको बेसरेटमा उनी गुनासो थियो । हुन त यतीबेला राष्ट्र बैंकले बढी प्रिमियम दर उठाउने बैंकले प्रिमियम वापत उठाएको ब्याज फिर्ता गर्न ऋीणिहरुलाई आग्रह गरिरहेको खबर पत्रिकामा पढेका थिए । बैंकका म्यानेजरलाई आफ्नो गुनासो सुनाउँदा बैंक म्यानेजरले उनलाई घाँटिभरीको जवाफ दिए ।

बैंक म्यानेजरकै शब्दमा उनले भने, ‘तपाईको त्यस्तै समस्या छ भने बैंकबाट लिएको कर्जाको साँवा ब्याजर सबै फिर्ता गरिदिनु । हैन भने धितो लिलाम हुन्छ ।’  फेरि विकासले आफुले बैंकबाट लिएको रकम फिर्ता गर्ने, तर केही समय आवश्यक पर्ने बताउँदा म्यानेजरले उनलाई भने, ‘निवेदन लेखेर दिनु तर बैंकबाट लगेको पैसा भोली नै पर्सी नै फिर्ता गरिदिनु । बैंकका अन्य  कर्मचारीबाट पनि यस्तो जवाफ आएको उनले बैंकिङ्ग समाचारलाई बताए । बैंक एक कर्मचारीले ४/५ दिनमा नै पैसा फिर्ता गरिदिनु भन्दा उनले अहिले आफुसँग पैसा नभएको बताउँदै लगानी गरेको ठाउँबाट त्यती धेरै फाइदा पनि नभएको बैंकलाई सुनाए । उनले बैंकसँग भनेका थिए ‘म त्यती धेरै पैसा ४/५ दिनमा दिन सक्दिनँ । मलाई समय चाहिन्छ ।’ तर बैंकले उनलाई पैसा भुक्तान गर्ने समय पनि नदिँदा उनी अफ्ठ्यारोमा परे । आफूले सबै ऋण तिर्नको लागि १ वर्ष समय माग्दा पनि समय नदिएको उनको गुनासो छ । बरम्बार आफुले ४/५ दिनमा तिर्न सक्दिने र १ वर्षसम्मको समय माग गरी  निवेदन लेख्दा बैंकका कर्मचारीबाट कुनै प्रतिक्रिया नआएको उनको गुनासो छ ।  पुस मसान्तसम्म ब्याज दिएको तर माघ महिनामा नविकरण गर्नुपर्ने तर नविकरण नगर्दा विकासलाई दिनमा सानिमा बैंकबाट ६ देखी १० पटक फोन आउने गर्छ ।

सानिमा बैंक कलैया शाखाका म्यानेजर श्रवण कुमार गुप्ताले बैंकबाट बारम्बार फोन गरेर फाईलको म्याद सकिएको र फाइलमा हस्ताक्षर गर्न जबर्जस्ती गर्ने गरेको उनले बताए । आफूले बैंकबाट लागेको पैसा एक वर्ष समय दिए  र २ प्रतिशत मात्रै प्रिमियम भए उनले बैंकको बढेको बेसरेटमै कर्जाको ब्याज भुक्तान गर्न तयार छन ।  तर आफूले बारम्बार   फाइलमा हस्ताक्षर गर्दिन भन्दापनि पटक–पटक फोन गरी जबरस्ती फाइलमा हस्ताक्षर गर्न शाखामा बोलाउने र अप्रिय शब्दहरु समेत प्रयोग गर्ने गरेको उनले बताए । बैंकले समाजमा धेरै ठूला अपराध गर्ने गरेको उनको बुझाई छ । उनी भन्छन, ‘हाम्रो समाजमा बैंक अपराधको पनि विकृतिको रुपमा दुर्गन्धित तरिकाले फैलिरहेको छ । बैंकले व्यापारी र व्यवसायीहरुसँग अत्याधिक बैंकिङ्ग अपराध गरिरहेका छन । यो पनि मैले आज अनुभव गरे ।’

बैंकको तनावले आफु राम्रो निद्रा सुत्न पनि नसकेको बताउँदै उनले भने, ‘समाजमा सोझा र इमान्दार मानिसलाई लोभ्याएर सस्तोमा ब्याजदरमा ऋण दिन्छु भन्ने र ऋण चलाइसकेपछि तनाव दिने गरिरहेका छन । यो अहिले बैंकिङ्ग क्षेत्रमा विकृतिको रुपमा फैलिरहेको छ ।’ आफु पिडित बनेपछि बाराको सिडियो कार्यालय ब्यापार महासंघ लगायतमा हारगुहार गर्दापनि कतैबाट सुनुवाई नभएको उनको गुनासो छ ।

\"\"