सिईओ बस्नेतको बलिदानले बच्यो केही कर्मचारीको भविष्य 

97.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रविन बस्नेत । सादा जीवन, उच्च बिचारका जिवन्त उदाहरण र प्रर्वतक हुन् । बैंकिङ्ग क्षेत्रको लामो अनुभव बटुलिसकेका उनको दैनिकी, साधारण जीवनशैलीमा ठुलो फेरबदल केही देखिन्न । तर काम गर्दै जाँदा आफ्नो कार्यकालभरी बैंकका कर्मचारीहरुको क्षमतामा ख्याल राख्ने  र  आदर्श जीवन बाँच्ने बस्नेत एक अभिष्ट व्यक्तित्व हुन भन्दा फरक पर्दैन । अहिलेको पुजीबादी दुनियाँमा यो एकादेशको कथा जस्तो लागे पनि बस्नेत यस्ता दुर्लभ पात्र हुन् । जसमा धनदौलत, सत्ता, शक्ति, भौतिक विलासिताको कुनै मोह देखिदैन । उनी एक सच्चा, इमान्दार, निष्ठावान बैंकरको रुपमा सधैं परिचित रहिरहे । तर केही महिनादेखि कामना सेवा विकास बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह भएको एक घटनाले उनी चिन्तित थिए । यसरी नै उनको महिना वितिरहेको थिए । तर ऋण अपचलन भएको कुरा साँचो थियो । फेरि यो घटना उनी आफैले जन्माएका भने थिएनन् । शाखामा काम गर्ने तत्कालिन ब्रान्च म्यानेजर सञ्जिव निरौला र कामना सेवा विकास बैंकका १ नम्बर प्रदेश प्रमुख सुजन राईले जन्माएको घटना थियो त्यो । एउटै गल्तीका कारण कम्तिमा पनि केही गकर्मचारीको भविष्य धरापमा त पर्ने नै थियो । फेरि जतीपनि कर्मचारीहरु प्रहरी अनुसन्धानमा तानिएका थिए ।

उनीहरुलाई न त त्यो कर्जाको बारेमा वृस्तित रुपमा थाहा थियो न त उनीहरु कर्जा प्रवाह भएको ठाउँमै पुगेका थिए । काठमाडौको मुख्य कार्यालयमा काम गरेका उनीहरु साँचिकै निर्दोष थिए । तर सिइओ भइसकेपछि उत्पन्न परिणामको जिम्मेवारी लिने उनको खुबी भनौं या क्षमता । त्यसले उनीसहित आज केही जना कर्मचारीहरुमा नयाँ खुशीयाली छाएको छ । यसको श्रेय अरु कसैलाई नभई सिइओ बस्नेतलाई दिए फरक पर्दैन । यो नेतृत्वदायी भुमिकामा रहेका हरेक जिम्मेवार व्यक्तीवहरुको लागि उदाहरण हो । प्रविण बस्नेत (सीईओ) बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव छ । उनले विभिन्न वाणिज्य बैंकहरुको महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । बस्नेतले नबिल बैंक , एनएमबि बैंक, एनआइसी एशिया बैंक र माछापुच्छ्रे बैंकमा समेत काम गरिसकेका छन । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलेका बस्नेतले बैकिङ्ग क्षेत्रको अन्तराष्ट्रिय स्तरको थुप्रै तालिम पनि लिएका छन् । अस्ट्रेलिया, भारत, जापान लगायका विभिन्न ठाँउमा बैंकिङ्ग तालिम लिएका छन् ।  शैक्षिक योग्यताले वाणिज्यमा स्नातक गरेका बस्नेत भारतिय चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका एसोसिएट सदस्य पनि हुन् । योसँगै उनिले स्थानिय विद्यालय, निजी विद्यालयमा शिक्षण गरेको अनुभव पनि उनीसँग छ । 

यस्तो थियो घटना  

कर्जा अपचलन भएको घटनाप्रति राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको थियो ।अहिले कामना सेवा विकास बैंकको घोटाला प्रकरणमा मुछिएका ४ जनालाई हाजिरी जमानीमा छाडिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय झापाले बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत सहित हिरासतमा रहेका ४ जनालाई नै आवश्यक पर्दा हाजिर हुने गरि हाजिरी जमानीमा छाडेको हो ।  जिल्ला प्रहरी कार्यालय झापाले ४ जनालाई नै हाजिरी जमानीमा छाडिएको जानकारी दियो।  प्रहरी हिरासतमा तत्कालिन सीइओ बस्नेत,  बैंकका क्लस्टर म्यानेजर विरेन्द्र सिंह भण्डारी र ऋणीहरु चन्द्र थापा तथा हरिन्द्र दाहाल थिए। कर्जा प्रवाहमा आर्कमक बन्दै साना व्यवसायीहरुलाई उद्यमी बनाउने सिइओ बस्नेतको सपना थियो । उनीसँग बैंक तथा वित्तिय क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव छ ।

मिडियामा कमै बोल्न रुचाउने उनीसँग कार्यहरुलाई कसरी ‘स्ट्राटेजिक’ बनाउने भन्ने खुबी छ । ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका थप ४ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो । कर्जा अपचलन प्रकरणमा मुछिएका तत्कालिन प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले भने आफ्नै पहलमा नै बैंकले शंकास्पद ठगी र जालसाजीको पहिचान गरेको सबैले बुझेका छन । तर केही कर्मचारीलाई कारबाही पनि गरिएको थियो । केहि ऋणहरुको आकार पनि घटाइएको थियो । यसमा पूर्व सिइओ बस्नेतले स्वीकृत गरेको एउटा ४ करोड ३५ लाख रुपैयाँको ऋणलाई २ करोड ८६ लाख रुपैयाँमा घटाइएको थियो ।
\"\"
अर्को उनी आफैले नै हस्ताक्षर गरेको २ करोड रुपैयाँको एउटा नवीकरणलाई १ करोड ४३ लाख रुपैयाँमा घटाइएको थियो । अहिले सम्पूर्ण रिकभरीको कारबाही समेत सुरु भएको र नेपाल राष्ट्र बैंकलाई समीक्षा र मार्गदर्शनको लागि मुद्दाको जानकारी गराइएको छ । यस घटनामा बस्नेतकै पहलमा नै बैंकले मुद्दाहरू समेत दायर गरिसकेको थियो । उनी आफुलाई अनुसन्धान निकाय समक्ष अनुसन्धानमा सहयोगको लागि पेश गरिसकेका छन । तर माथि उल्लेखित उनका सबै कार्यहरूले समेत उनिमाथि आपराधिक दायित्व तोक्न उचित नहुने पनि विभिन्न जानकारहरु  नै बताउँछन । अहिले ४ जनालाई नै हाजिरी जमानीमा छाडिएको जानकारी जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक दुर्गा रेग्मीले दिएका छन् । प्रहरी हिरासतमा तत्कालिन सीइओ बस्नेत,बैंकका क्लस्टर म्यानेजर विरेन्द्र सिंह भण्डारी र ऋणीहरु चन्द्र थापा तथा हरिन्द्र दाहाल थिए ।

त्यसो त बैंकमा थुप्रै किसिमका कर्जाहरु प्रवाह भइरहेका हुन्छन । सयौंको संख्यामा रहेका देशभरका बैंकका शाखाहरुबाट कर्जा प्रवाह निरन्तर भइरहेको हुन्छ । यसमा कही कतैबाट बैंक म्यानेजर अथवा भनौं उच्च पदस्त कर्मचारीहरुले सानो गल्ती गरेको खण्डमा एउटा कर्मचारी मात्रै कारवाहीको भागिदार हुँदैनन ताकि त्यहाँ काम गर्ने अन्य कर्मचारीको भविष्य नै जखिममा पर्न जान्छ । अझ अहिले त बैंकहरु मर्जरमा गई आफैमा ठुलो भइरहेका छन । ठुला बैंकका शाखाहरु पनि धेरै हुन्छन । त्यसैले मुख्य कार्यालयमा बसेर काम गर्ने उच्च पदस्त कर्मचारीहरुलाई सबै कुरा थाह नहुन सक्छ । त्यसैले सिइओ बस्नेतले जुन कुशलता देखाए यो सबै बैंकका उच्च पदस्त कर्मचारीहरुको लागि जिवन्त उदाहरण हो । 

सम्बन्धित समाचार