बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा साना तथा मझौला उद्योग/व्यवसाय मर्कामा परेको बताएका छन । महासंघले आयोजना गरेको ुसाना तथा मझौला उद्यमी सम्मलेन (एसएमईज सम्मिट) को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
साना तथा मझौला उद्योग/व्यवसाय मर्कामा पर्दा गत वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा राजस्व १५ प्रतिशतले घटेको तथ्यांक पनि उनले प्रस्तुत गरे । उनले भने, ‘कर बुझाउन जाँदा पनि उल्टै दुःख पाउने देश नेपाल मात्रै हो ।’ उनले प्रश्न गर्दै भने, ‘साना मझौला उद्योग व्यवसाय अहिले मारमा परेका छन । उद्यमीलाई कम ब्याजदरमा कर्जा प्रवाह हनुपर्छ । ब्याजदरको स्थायित्वको माग गरेर उद्योगी व्यवसायीले के गलत गर्यो ? परियोजना केन्द्रित लगानी हुनुपर्छ, यसले साना मझौला उद्योगको संख्या बढ्छ र रोजगारी सिर्जना बढ्छ भन्नु गलत हो ? ’
उनले स्वदेशी उत्पादन प्रयोग गर्ने कार्यक्रम हरु आएपनि कार्यान्वयन नभएको बताए । सरकारको नीति कार्यक्रममा घोषित कार्यक्रम कार्यान्वयन नहुनु दुखद रहेको उनले बताए ।



About Us
प्रतिक्रिया