‘को बैंकर, को व्यवसायी, छुट्याउनै मुस्किल’  

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रतिनिधिसभा सदस्य एवंम सांसद डा.अमरेश कुमार सिंहले बैंकर र व्यवसायी छुट्टयाउनै मुस्किल भएको बताएका छन । पुस २५ गते बसेको प्रतिनिधिसभाको बैंठकमा उनले यस्तो बताएका हुन । 

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इकिंत गर्दै उनले भने ‘अर्थमन्त्री जी पनि यहीँ हुनुहुन्छ, बैंकर र व्यवसायी छुट्याउनै गाह्रो भयो । दुनियामा स्वार्थको द्धोन्द्धलाई सधैँ प्राथामिकता दिन्छ, तर यहाँ के भएको छ भने, यस्ता स्वार्थ राख्ने मानिसहरु संसदमै छन । यहाँ त सबै व्यवसायी बैंकर, सबै बैंकर व्यवसायी छन ।’

उनले भने, ‘पञ्चालयकालमा सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भनेझै यहाँ अहिले सबै बैंकर व्यवसायी र सबैं व्यवसायी बैंकर छन । यो समस्या हो । यो नै आर्थिक समस्याको जरो हो ।’ 
उनले देशको उच्च ओहोदामा बसेका व्यक्तिहरुले बिचौलियासँग भेट्न बन्द गरेको अवस्थमा सुशासनको प्रत्याभुति हुने बताए । 

अर्थतन्त्रमा समस्या भएको भन्दै उनले प्रधानमन्त्रीलाई भने ‘क्यापिटल फ्लाइट भइरहेको छ, प्रधानमन्त्री जी अर्थतन्त्रलाई अलि ध्यान दिनुस् ।’ उनले भने

डा. सिंह सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार थिए । उनी २० हजार १७ मतसहित निर्वाचित बनेका हुन् ।