अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीको निर्देशनः बैंकहरुको ब्याजदर तत्काल घटाउन पहल गर्नुस 

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रको अवस्था, बैंकिङ्ग क्षेत्रमा देखिएका ब्याजदरको समस्याका विषयमा गभर्नर र अर्थमन्त्रीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् । उनले अर्थतन्त्रमा देखिएका समस्या तत्काल सुधार गर्दै लैजान निर्देशन दिए । 

छलफलमा प्रधानमन्त्रीले बैंकिङ्ग क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधार गर्न गर्भनर र अर्थमन्त्रीलाई जोड दिए । 

पछिल्लो समय निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको र बैंकहरुले अचाक्ली रुपमा ब्याजदर बढेको भन्दै सडकमै उत्रिएर आन्दोलन गरिरहेका छन । आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायत सहभागी छन ।