बैंकिङ्ग समाचार, काठमाडौं ।
एकपछि अर्को बिग मर्जरमा होमिएका वाणिज्य बैंकहरुको श्रृंखला रोकिएको छैन । बैंकिङ्ग क्षेत्रमा अब्बल मानिएका दुई वाणिज्य बैंक (लक्ष्मी बैंक र सनराइज बैंक) एकापसमा मर्जरमा जाने सम्झौता गरेका छन । दुई बैंकबीच अर्को साता गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा विभिन्न सुविधा दिने उल्लेख छ। तर, अब मर्ज हुने संस्थाले मौद्रिक नीतिमा उल्लेखित सुविधा पाउने कि नपाउने भन्ने अन्योल रहेपछि दुवै बैंकका सञ्चालकहरू केन्द्रीय बैंकको धाएका थिए । ‘गभर्नर महाप्रसाद अधिकारले तत्काल मर्जर गर्ने सहमति गरेर आउनुस् त्यसपछि हेरौंला’ भनेपछि दुवै बैंक मर्जरमा जान तयार भएका हुन्।
मर्जरपछि बन्ने बैंकको अध्यक्ष लक्ष्मीले पाउनेछ भने प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा भने दुवै बैंकबाट सहमतिमा राखिने तयारी छ । मर्जरपछि बन्ने बैंकको नाम भने अहिले टुंगो नलागिसकेको बताइएको छ । स्रोतका अनुसार लक्ष्मी र सनराइज १ः१ को स्वाप रेसियोमा मर्जर गर्ने सहमतिमा पुगेका हुन ।
यसअघि प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंक मर्ज भएर प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर ग्लोबल आइएमई बैंकका रूपमा पुसभित्र एकीकृत कारोबार गर्ने कार्यसूची सार्वजनिक गरिसकेका छन्।
उता, हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जर भएर माघ तेस्रो साता एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन्।
‘



About Us
प्रतिक्रिया