‘विद्यालय बन्द हुँदा गरिबका छोराछोरीहरूले पढ्न पाएनन्,धनीकाले आरामसँग पढिरहेका छन्’


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आन्दोलन, युद्ध र विद्यार्थी संगठनका नाममा विद्यालय बन्द गर्ने परम्पराले गरिबका छोराछोरी पढ्न नपाएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन् ।

सांसद शाहीले सरकारी विद्यालयमा गरिबका छोराछोरी पढ्ने भएका उनीहरूले पढ्न नपाएको बताए । सांसद शाहीले भने, आन्दोलन, युद्ध र विद्यार्थी संगठनका नाममा विद्यालय बन्द गर्ने परम्पराले गरिबका छोराछोरी पढ्न पाएका छैनन्। धनीका छोराछोरीहरू महँगो स्कुलमा आरामसँग अहिले पनि पढिरहेका छन्।’