प्रभु बैंक प्रकरण

४८ करोड कर्जा अपचलन हुँदा विजनेश अफिसरदेखि शाखा प्रबन्धकसम्म सीआईबीको फान्दामा


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको कर्जा अपचलनमा रश्मी पन्तसहित चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा प्रभुको बुटवल शाखामा कार्यरत राजेन्द्र श्रेष्ठ र शाखा प्रबन्धक सन्तोष ज्ञवाली, रश्मी पन्त र थप एक जना रहेका छन् । उनीहरूलाई आज शशिधर शर्मा पक्राउ गरिएको कर्जा अपचलको विषयमा नै पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ ।

शर्मालाई एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएर कर्जा अपचलन गरेको अभियोगमा पक्राउ गरिएको थियो । यही प्रकरणमा प्रभु बैंकका चार कर्मचारी तानिएका हुन् ।