काठमाडौं – नबिल बैंक लिमिटेडले आफ्ना २ हजार ४७३ जना कर्मचारीको बीमा गर्ने भएको छ । बैंकले प्रतिव्यक्ति १० लाख बराबरको ग्रुप टर्म लाइफ इन्स्योरेन्स सेवा उपलब्ध गराउन इच्छुक जीवन बीमा कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको हो।
बीमा योजनाले सबै प्रकारका मृत्युका कारणलाई समेट्ने व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ । बोलपत्रमा सहभागी हुन इच्छुक कम्पनीहरूले नोटरी प्रमाणित प्यान र भ्याट दर्ता प्रमाणपत्र, पछिल्ला दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, प्रमुख ग्राहकहरूको सूची, नवीकरण गरिएको कम्पनी दर्ता प्रमाणपत्र, पछिल्ला दुई वर्षको कर चुक्ता प्रमाणपत्र तथा प्रवर्द्धक र प्रमुख व्यवस्थापन टोलीको संक्षिप्त विवरण पेस गर्नुपर्नेछ ।
इच्छुक कम्पनीहरूले आफ्नो प्रस्ताव सिलबन्दी खाममा राखी नाबिल बैंकको प्रशासन विभागमा साउन २८ बेलुका ४ बजेसम्म बुझाइसक्नुपर्नेछ। उक्त समयपछि प्राप्त हुने प्रस्ताव स्वीकार नगर्ने बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया